Kathmandu Press

मानुषी लघुवित्तकाे सञ्चालक समिति सदस्यमा बिणा श्रेष्ठ 

काठमाडौं, असोज २३ : मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा बिणा श्रेष्ठलाई नियुक्त गरिएको छ।सञ्चालक समितिको बुधबार बसेको बैठकले संस्थापक सेयरधनीसमेत रहेकी श्रेष्ठलाई...
मानुषी लघुवित्तकाे सञ्चालक समिति सदस्यमा बिणा श्रेष्ठ 

काठमाडौं, असोज २३ : मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा बिणा श्रेष्ठलाई नियुक्त गरिएको छ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले संस्थापक सेयरधनीसमेत रहेकी श्रेष्ठलाई सदस्यमा नियुक्त गरिएको हो।

सञ्चालक सदस्य रहँदै आएकी दिव्यतारा तुलाधरले असोज ५ गते घरायसी कारणले सो पदमा रहन नसक्ने भन्दै राजीनामा दिएकी थिइन्। बुधबारको बैठकले तुलाधरको राजीनामा स्वीकृत गरी रिक्त पदमा श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय गरेको प्मुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिइन्।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्