मेलौलीकी वडा सदस्यको निधन
बैतडी, असोज २३ : आज एक जनप्रतिनिधिको निधन भएको छ। मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो। मुटुसम्बन्धी समस्या...
बैतडी, असोज २३ : आज एक जनप्रतिनिधिको निधन भएको छ। मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो।
मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए।
केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि त्यहाँ गएकी थिइन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट उनी सदस्यमा निर्वाचित भएकी हुन्।
प्रकाशित मिति: १४:३० बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)