Kathmandu Press

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय हो : रक्षामन्त्री डा रिजाल

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय हो : रक्षामन्त्री डा रिजाल

वरिाटनगर, असोज २३ : रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताए।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ भने।    

मन्त्री डा रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए। नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उनले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे। 

मन्त्री डा रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र यसले आफ्ना काममा गति लिन्छ भने। 
 

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्