Kathmandu Press

भारत भ्रमण द्विपक्षीय सम्बन्धमा कोसेढुंगा : डेनिस प्रधानमन्त्री

नयाँ दिल्ली, असोज २३ : डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि...
भारत भ्रमण द्विपक्षीय सम्बन्धमा कोसेढुंगा : डेनिस प्रधानमन्त्री

नयाँ दिल्ली, असोज २३ : डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाका रूपमा लिएको बताएकी छन्। 

तीन दिने भ्रमणमा रहेका फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरे। 

Hardik ivf

‘हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं। यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोसेढुंगाको रूपमा म देख्छु,’ उनले भनिन्। 

भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेटेकी छन्। त्यसपछि लगत्तै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन्। उनले थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।

उनी कोभिड–१९ प्रतिबन्ध लगाइएपछि गत मार्चदेखि भारत भ्रमण गर्ने पहिलो राज्य प्रमुख भएका कारण भारतले मेटे फ्रेडरिकसेनको भ्रमणलाई निकै महत्वपूर्ण भनेको छ। यसै वर्षको सुरुतिर विदेशमामिला मन्त्री डा. एस जयशंकरले डेनमार्क भ्रमण गरेका थिए। 

भारत र डेनमार्कको व्यापार र लगानीको सम्बन्ध बलियो छ। भारतमा २०० भन्दा बढी डेनिस कम्पनीहरू उपस्थित छन् र डेनमार्कमा  ६० भन्दा बढी भारतीय कम्पनीहरूको उपस्थिति छ। 

नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, जल तथा फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, आइसिटी, स्मार्ट सिटी, ढुवानीलगायतका क्षेत्रमा बलियो सहकार्य रहेको छ।

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्