कोरोना नहटे पनि जर्मनीका सबै विद्यालय पूर्ववत् अवस्थामा फर्काइँदै
बर्लिन, असोज २३ : जर्मनीका विद्यालयहरू चाँडै नै सामान्य अवस्थामा फर्किने भएका छन्। देशभरका सबै विद्यालयहरुमा अब पूर्ववत् अवस्थामा झै अध्ययन-अध्यापन कार्य हुने सरकारी...
बर्लिन, असोज २३ : जर्मनीका विद्यालयहरू चाँडै नै सामान्य अवस्थामा फर्किने भएका छन्।
देशभरका सबै विद्यालयहरुमा अब पूर्ववत् अवस्थामा झै अध्ययन-अध्यापन कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिए पनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए।
‘कोरोना भाइरसको महामारी र अध्ययन-अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ । लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिँदैन,’ उनले भने।
उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए।
देशमै पहिलोपटक सरल्यान्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिबन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ।
त्यसैगरी बाभारिया र बर्लिनमा पनि मास्क लगाउनुपर्नेलगायत केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ।
जर्मनीमा अहिले दैनिक औसतमा ३ सयका दरले कोरोना भाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन्।











