Kathmandu Press

नेपालबाट ढिलो गरी बाहिरिँदै मनसुन

काठमाडौं, असोज २३ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ढिलो गरी नेपालबाट बाहिरिएन लागेको जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
नेपालबाट ढिलो गरी बाहिरिँदै मनसुन

काठमाडौं, असोज २३ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ढिलो गरी नेपालबाट बाहिरिन लागेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासबाट मनसुन बाहिरिएको हो। प्रायः २ अक्टुबरमा मनसुन बाहिरिने गरेको थियो।

यसवर्ष भने एक साता ढिलो गरी मनसुन बाहिरिएन थालेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिएको छ।

अन्य प्रदेशबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ। केही दिनभित्र देशभरिबाट मनसुन बाहिरिने महाशाखाको अनुमान छ।

प्रकाशित मिति: ०८:१३ बजे, शनिबार, असोज २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्