ईपीएलको उपाधिका लागि भिड्दै चितवन र पोखरा
काठमाडौं, असोज २३ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्न लागेका छन्।आज दिउसो १२ः१५ बजे...
काठमाडौं, असोज २३ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्न लागेका छन्।
आज दिउसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल खेल हुन लागेको छ। फाइनलमा सोमपाल कामी नेतृत्वको चितवन र विनोद भण्डारी नेतृत्वको पोखराले प्रतिस्पर्धा गर्ने भएका छन्।
यस पटको उपाधि नयाँ टिमले जित्ने भएको छ। चितवन र पोखराले अहिलेसम्म उपाधि जितेका छैनन्।
यसअघि ललितपुर प्याट्रिओट्सले उपाधि जितेको थियो। त्यस्तै, दोस्रो संस्करणमा विराटनगर वारियर्सले र पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेका थिए।
लिग चरणमा चिवतन र पोखरा दुई पटक भिडेका थिए। दुवै खेल चितवनले जितेको थियो।
आजको फाइनल खेलमा भने दुवै टिम उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।
प्रकाशित मिति: ०८:०२ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











