जसपा कार्यकर्ताद्वारा अध्यक्ष यादवको पुत्ला दहन
पर्सा, असोज २३ : जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आफ्नै अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्।मन्त्रपरिषद् विस्तारका क्रममा पर्साबाट कसैलाई मन्त्री...
पर्सा, असोज २३ : जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आफ्नै अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्।
मन्त्रपरिषद् विस्तारका क्रममा पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै उनीहरुले विरोध गरेका हुन्। विरोधका क्रममा यादवको पुत्ला दहन गरेका छन्।
उनीहरुले अध्यक्ष दायवविरुद्ध नाराबाजी समेत गरेका छन्। मधेश आन्दोलनमा महत्वपूर्ण योगदान गरेको पर्साका व्यक्तिलाई मन्त्री नबनाएकोमा उनीहरुको असन्तुष्टि रहेको थियो।
पर्सा १ बाट निर्वाचत सांसद प्रदीप यादवलाई मन्त्री बनाउनु पर्नेहरुको माग थियो। उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: ०७:०४ बजे, शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार