Kathmandu Press

गण्डकीमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, असोज २२ : गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ५९३ जनामा गरिएको नमूना परीक्षणमा...
गण्डकीमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, असोज २२ : गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ५९३ जनामा गरिएको नमूना परीक्षणमा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४७ महिला ४५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सवैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ । उनका अनुसार कास्की ६७, स्याङ्जा ६, म्याग्दी १,पर्वत ३ तनहुँ १४ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार २७३ पुगेको छ ।  गण्डकीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा पुतलीबजार नगरपालिका –१४ का ८६ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनले पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३७३ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ८७४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्