पूर्वराजा शाहले यस बर्ष सर्वसाधारणलाई दसैंमा टीका नलगाइदिने

काठमाडौं, असोज २२ : पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई यस बर्ष विजय दशमीका दिन टीका नलगाइदिने भएका छन् ।
आज (शुक्रबार) शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै उनले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नहुने जानकारी दिएको हो। कोरोनाको असहजताको कारणले यो बर्ष टिका नलगाउने कार्यक्रम नगर्ने जनाईएको छ ।
साथै महाअष्टमीका दिन पनि शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











