देउवा सरकारको दोस्रो वरीयतामा खाँण, कसैलाई पनि बनाएनन् उपप्रधानमन्त्री
काठमाडौं, असोज २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री नबनाईकन मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।देउवाले २५ सदस्यीय मन्त्रिमण्डलमा देउवाले गृहमन्त्री बालकृष्ण...
काठमाडौं, असोज २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री नबनाईकन मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
देउवाले २५ सदस्यीय मन्त्रिमण्डलमा देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रो वरीयतामा राखेका हुन् । उपप्रधानमन्त्री हुन नपाउने भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा सहभागी भएन्।
यस्तै कांग्रेसमै पनि उपप्रधानमन्त्री पाए सरकारमा जान सुजाता कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले इच्छा व्यक्त गरेका थिए तर देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएनन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ, र राजेन्द्र महतो गरी चार जनालाई उपप्रधानमन्त्री बनाएका थिए।
प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











