Kathmandu Press

अफगानिस्तानको कुन्दुजमा भएको मस्जिद विस्फोटनमा कम्तीमा १८ जनाको मृत्यु

काबुल, असोज २२ : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको राजधानी शहरमा शुक्रबार प्रार्थना भइरहेको समय एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा १८ जना भक्तालुको...
अफगानिस्तानको कुन्दुजमा भएको मस्जिद विस्फोटनमा कम्तीमा १८ जनाको मृत्यु

काबुल, असोज २२ : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको राजधानी शहरमा शुक्रबार प्रार्थना भइरहेको समय एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा १८ जना भक्तालुको मृत्यु भएको छ। आक्रमणमा अन्य ५० भन्दा बढी घाइते भएका प्रान्तीय स्रोतले पुष्टि गरेको छ।    

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने, ‘शिया धर्मावलम्बीहरूको मस्जिदमा स्थानीय समय अनुसार शुक्रबार दिउसो २ः०० बजे विस्फोट भएको र उक्त घटनामा प्रार्थनाका लागि भेला भएका केही भक्तालुको मृत्यु भएको केही घाइते भएका छन्।’ 

Hardik ivf

‘सावधानीका लागि शहरको सैयद अबाद मस्जदको वरपर तालिबान सुरक्षा बलले घेरा हाली अनुसन्धान सुरु गरेको छ,’ उनले भने। घटनाको प्रकृति हेर्दा आत्मघाती बम विष्फोट हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयबासीले बताएका छन्।     

मुजाहिदले घटनास्थलको सुरक्षास्थिति कडा पारिएको बताउँदै भने, ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सका मुजाहिद्दीनका विशेष बलहरू उक्त स्थानमा छन्। उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।’ 

यसैबीच प्रान्तीय स्वास्थ्य निर्देशनालयका उप–प्रमुख मौलवी हकनावाजले सिन्ह्वासँग १८ जनाको मृत्यु भएको र ५० जना भन्दा बढी घाइते भएको बताए।

ज्यान गुमाउनेको सङ्ख्या थप बढ्न सक्ने उनले बताए। यस आक्रमणको लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी दाबी गरेको छैन।    अगस्टको मध्यतिर तालिबानको कब्जा भएदेखि अफगानिस्तानभरि सुरक्षा स्थिति सामान्यतया शान्त तर अनिश्चित रहेको छ। 

तथापि, हालैका हप्ताहरूमा पूर्वी नानगाहर प्रान्तको राजधानी काबुल र जलालाबाद शहरमा इस्लामी राज्य (आइएस) सम्बद्ध समूहहरूले बम आक्रमण गरेका थिए। 

आइतबार काबुलको एक मस्जिद बाहिर भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए जसका लागि आइएस समूहले जिम्मेवारी लिएको थियो।

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्