Kathmandu Press

समता संवाद शृखलामा जातीय विभेदका अनुभव

काठमाडौं, असोज २२ : समता फाउन्डेसनले सञ्चालन गरेको संवाद शृंखला–१५ मा ‘सामाजिक न्यायका लागि संवाद’ बारे बहस भएको छ ।भर्चुअल माध्यमबाट सञ्चालन भएको...
समता संवाद शृखलामा जातीय विभेदका अनुभव

काठमाडौं, असोज २२ : समता फाउन्डेसनले सञ्चालन गरेको संवाद शृंखला–१५ मा ‘सामाजिक न्यायका लागि संवाद’ बारे बहस भएको छ ।

भर्चुअल माध्यमबाट सञ्चालन भएको छलफलका वक्ताहरूले समाजमा भोगेको जातीय विभेदबारे आफ्ना धारणा राखेका थिए । मुक्त कमलरी विकास मञ्चको अध्यक्ष मन्जिता चौधरी बाल्यकालमा कमलरी बस्नु परेको अनुभव सुनाइन् । ‘११ वर्षको उमेरमा अरुको घरमा काम गरेर बस्नुपर्याे, दुई वर्ष बसेपछि सामाजिक अभियन्ताले छुट्याएको,’ उनी भन्छिन्, ‘विस्तारै कमलरी प्रथा हटाउन अभिभावकले सुरुवाती दिनमा साथ दिएनन् ।’ 

उनका अनुसार छोरी ६–७ वर्षको भएपछिदेखि कमलरीको रुपमा पठाइदिन्थे । आर्थिक अभाव न्यून भएका दलित समुदायका छोरी पेटभरी खाना पाउँछन् भन्ने सोचले भएपनि अभिभावकले पठाउने गरेको थिए । ‘सुरूवाती दिनमा बा–आमाले नै आफ्ना छोरीलाई कमलरीबाट फकाउन मानेनन्, विस्तारै जनचेतना जगाउँदै जाँदा सुधार आउँदैछ,’ उनले भनिन् । 

कमलरी कुप्रथा हो । त्यसैले अव हटाउनुपर्छ । विगत ५–७ वर्षमा १२ हजार छोरीलाई कमलरी प्रथाबाट उद्धार गरिएको उनले बताइन् । ‘कमलरी प्रथाबाट उद्धार गर्नका लागि बाँके, बर्दिया, दाङ, कैलालीमा समिति बनाइएका छौँ,’ उनी भन्छिन्, ‘पछिल्लो समय अभिभावक पनि यस प्रथा हटाउन लागि परेका छन् ।’ 

संगीत क्षेत्रमा दलित महिलाले ठूलो योगदान दिएको गायिका सविना सुनामले बताइन् । ‘हरेक क्षेत्रमा जातीय विभेद छ, कुनै कार्यक्रमा छनोट हुनका लागि जातले फरक पार्छ,’ उनले भनिन्, ‘शिक्षित– अशिक्षित दुवै वर्गबाट जातीय विभेद कायम गरेका छौँ ।’

संगीत जगतमा ०५७ सालभन्दा डिजिटल प्रविधि थिएनन् । त्यसपछि मात्र डिजिटल माध्यम भित्रिएको जानकारी दिइन् । ‘दलित महिलाले संगित क्षेत्रमा अगाडि बढ्दा महिलाहिंसा तथा जातीय विभेद भोग्नुपरेको छ,’ उनले  भनिन्, ‘मैले पनि धेरै पटक भोगेको छु ।’

राम्रोलाई होइन्, हाम्रोलाई प्राथमिक दिने संगित क्षेत्रमा प्रथा कायम छ । कानुन बनाउने ठाउँमा, कार्यान्वयन गर्ने ठाउँमा दलित समुदायका व्यक्ति कम छन् । जसका कारण दलित समुदायको आवाज दबाइने उनको भनाई छ । कार्यक्रममा ‘मान्छेको जात मान्छे नै हो अरु कुनै जात हुन्न’ भन्ने गित गाएर सुनाइन् । विद्यार्थी जीवनदेखि विद्यालय र समाजमा विभेद भोग्नुपरेको युवा सद्भावना दुत आसपती कुमारीले अनुभव सुनाइन् ।  ‘बाटोमा हिड्दा खाना छोइदिएका कारण ब्रामण्ड समुदायको महिलाले पुरै खाना फालिदिइन्,’ उनले भनिन्, ‘धारा र मन्दिर छुन दिइदैनथ्यो तर, अहिले विस्तारै परिवर्तन भइरहेको छ ।’ 

सुदुरपश्चिको बसोबास भएकाले ब्राह्मण समुदायको भएपनि विभेद भोग्नुपरेको श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी बताउँछन् । ‘बिहिबार गाउँ भ्रमणको क्रममा दलितको घरमा पानी माग्दा छोएका खानुहुँदैन भनेर पानी दिएनन्,’ उनले भने, ‘बाहुन पनि विभेदमा छन् ।’

२२ वर्षदेखि पत्रकारिता गर्दै आएको कारणले आफु दलित भएर सोच्नुपर्दा राज्यले विभेद गरिरहेको अनुभव हुने बताए । ‘सामाजिक विषय समाचार बनाउन मुस्किल मानिथ्यो । अहिलेपनि सामाजिक विषयलाई प्राथामिकतामा राखिदैन,’ उनले भने, ‘जातीयसँगै वर्गीय विभेद बढ्दो छ ।’

अभियन्ता रमेश हमाल जुनसकुै समुदायमा पनि पुरुष पीडक भएको बताए । महिला मात्र नभई पुरुष पनि विभेदको सिकार हुन्छन् । पहुँचमा भएका व्यक्तिले आफुभन्दा न्यून समुदायलाई हेपिरहेका छन् । ‘ब्रामण्डले दलित, दलितले मुसहर समुदायमा विभेद गर्छन्,’ अभियन्ता रमेश भन्छन्, ‘पहिलाको जस्तो विभेद छैन तर, विभेद छ ।’
 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्