Kathmandu Press

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

इस्लामाबाद, असोज २२ : पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ। कोरोनाका  दैनिक सङ्क्रमित एक हजारभन्दा कम...
पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

इस्लामाबाद, असोज २२ : पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ। कोरोनाका  दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो पटक हो। 

यहाँ बिहीबार थप ९१२ जनामा कोरोना सङ्क्रमण देखिएको सरकारी स्रोतले जानकारी दिएको छ। पाकिस्तानमा गत जुलाई ५ मा ८३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो। पाकिस्तानमा हालसम्म १२ लाख ५६ हजार २३३ जनालाई कोरोना सङ्क्रण भइसकेको छ। 

Hardik ivf

कूल सङ्क्रमितमध्ये ११ लाख ८४ हजार ५२७ जना निको भएका छन्।  हाल यहाँ ४३ हजार ६४८ जना सक्रिय सङ्क्रमित रहेका र तीमध्ये दुई हजार ७६१ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

कोरोना सङ्क्रमणको कारण बिहीबार पाकिस्तानमा २६ जनाको मृत्यु भएको थियो। यसैसँगै यहाँ कोरानाबाट २८ हजार ५८ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। 

पाकिस्तानको दक्षिण प्रान्त सिन्ध कोरोनाबाट अत्यन्त प्रभावित हो। यहाँ अहिलेसम्म चार लाख ६२ हजार १५५ व्यक्ति कोरोना प्रभावित भएका छन्। यसपछि दोस्रो प्रभावित राज्यका रुपमा पञ्जाव प्रान्त रहेको छ। यहाँ चार लाख ३५ हजार चार जनालाई कोरोना सङ्क्रमण भएको छ। 

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्