Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप नौ जना कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, असोज २२ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप नौ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...
सुदूरपश्चिम प्रदेशमा थप नौ जना कोरोना संक्रमण पुष्टि
Hardik ivf

सुदूरपश्चिम, असोज २२ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप नौ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ८५२ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

तीन जनामा आरटी पीसीआर र छ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्