जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
नवलपरासी (पश्चिम), असोज २२ : बर्दघाट नगरपालिका–१ पुर्नबास बस्ने खोमबहादुर पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४० वर्षीय मनिलाल थापालगायत ११...
नवलपरासी (पश्चिम), असोज २२ : बर्दघाट नगरपालिका–१ पुर्नबास बस्ने खोमबहादुर पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४० वर्षीय मनिलाल थापालगायत ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ५७ हजार १ सय १० रुपैयाँ, माछापुछ्रे बैंकको ६ लाख ५४ हजार रुपैयाँ बराबरको २ थान चेक र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)