Kathmandu Press

राज्यमन्त्री श्रेष्ठले दिए सबैलाई धन्यवाद

स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी तोकिएका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यमा रहँदा गरेको सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् ।
राज्यमन्त्री श्रेष्ठले दिए सबैलाई धन्यवाद

काठमाडौं, असोज २२ : स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी तोकिएका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यमा रहँदा गरेको सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् ।

उनी १० साउनमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा स्वास्थ्य मन्त्रालय नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।

सोही कारण राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी तोकिएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु,’ राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त जिम्मेवारीमा छँदा यहाँहरूको सहयोग, सुझाव, आलोचना तथा हौसलाका लागि हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्छु । आगामी दिनमा सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्नेछु ।’

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्