Kathmandu Press

२४ घन्टामा थपिए ७६४ संक्रमित, १० जनाको मृत्यु

मन्त्रालयका अनुसार सोही अवधिमा १,०३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७४,१७३ पुगेको छ। 
२४ घन्टामा थपिए ७६४ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, असोज २१ : पछिल्लो २४ घन्टामा देशभरिमा ७६४ जना कोरोना संक्रमित थपिएका छन्।

९,४६६ जनामा गरिएको पिसिआर परीक्षणबाट ७१५ र १,२२२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,००,९९७ जनामा र एन्टिजेन परीक्षणबाट ९२,८३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,०३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७४,१७३ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२१० पुगेको छ।

अहिले देशभरिमा १५,६१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १४,४६१ जना होम आइसोलेसनमा र १,१५३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी ३१३ सजनको आईसियुमा उपचार भइरहँदा ११३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्