तोकिए तीन राज्यमन्त्री- श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा, खापुङ स्वास्थ्य र यादव शिक्षामा
तीमध्ये स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । उनको ठाउँमा नेकपा (एकीकृत समाजवादी)का सांसद भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
काठमाडौं, असोज २२ : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा तीन राज्यमन्त्री नियुक्त भएका छन् ।
तीमध्ये स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । उनको ठाउँमा नेकपा (एकीकृत समाजवादी)का सांसद भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
यस्तै, माओवादी केन्द्रकी सांसद बोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएकी छन् ।
२५ सदस्यीय मन्त्रिपरिषदमा २२ मन्त्री छन् । तीमध्ये कांग्रेसबाट आठ मन्त्री र एक राज्यमन्त्री बनेका हुन् ।
यस्तै, माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । अर्को दल जसपाबाट चार नेता मन्त्री बनेका छन् ।
प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार