Kathmandu Press

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकीकरण

काठमाडौं, असोज २२ : नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ। एकताका लागि ती दुई पार्टीबीच आठबुँदे सहमति भएको थियो।एकतापछि...
नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकीकरण

काठमाडौं, असोज २२ : नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ। एकताका लागि ती दुई पार्टीबीच आठबुँदे सहमति भएको थियो।

एकतापछि पार्टीको नाम माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) नै रहने सहमति भएको छ।  चुनाव चिन्ह भने जीवन राई नेतृत्वको नेकपा (एकीकृत) ले निर्वाचन आयोगमा दर्ता गराएको ‘कलम’ राखिने भएको छ।

झन्डा भने कम्युनिस्ट पाटीर्को परम्पर अनुरूप रातो पृष्ठभूमिमा माथि बायाँपट्टि हँसिया हथौडा रहने सहमतिमा उल्लेख छ।

एमालेबाट विभक्त भएर बनेको एकीकृत समाजवादीले निर्वाचन आयोगमा दल दर्ता गर्दा चुनाव चिन्हबारे उल्लेख गरेको थिएन।

एमालेमा केपी ओली र माधव नेपाल समूहबीच द्वन्द्व चलिरहेका बेला नेपालकै निकट रहँदै  आएका विद्यार्थी नेता राईले गत जेठ ३० गते निर्वाचन आयोगमा चुनाव चिह्न ‘कलम’ राखेर नेकपा (एकीकृत) दर्ता गराएका थिए।

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्