Kathmandu Press

मलेसियाको बेरोजगारी ४.८ बाट ४.६ प्रतिशतमा झर्यो

 मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ। गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन्। 
मलेसियाको बेरोजगारी ४.८ बाट ४.६ प्रतिशतमा झर्यो

क्वालालम्पुर, असोज २२ : मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ। गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन्। 

उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो। 

‘कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,’ एक अधिकारीले भने। मलेसियामा खोप लगाउन योग्यमध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो। 

‘महामारी न्यूनीकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,’ एक अधिकारीको भनाइ छ।
 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्