अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेख्ने दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार
काठमाडौं, असोज २२ : यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारले पाउने भएका छन्।५८ वर्षीय फिलिपिनो–अमेरिकी पत्रकार मारिया रेसा र ६० वर्षीय रुसी...
काठमाडौं, असोज २२ : यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारले पाउने भएका छन्।
५८ वर्षीय फिलिपिनो–अमेरिकी पत्रकार मारिया रेसा र ६० वर्षीय रुसी पत्रकार दिमित्री मुरातोभलाई संयुक्त रूपमा दिइने नोबेल कमिटीले जनाएको छ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि उनीहरूलाई सो पुरस्कारले सम्मानित गरिएको नोबेल कमिटीको भनाइ छ।
प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











