Kathmandu Press

रसुवागढी र सान्जेन जलविद्युतको शेयर दोस्रो बजारमा, कतिमा होला कारोबार?

काठमाडौं, साउन २० : रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

<....
रसुवागढी र सान्जेन जलविद्युतको शेयर दोस्रो बजारमा, कतिमा होला कारोबार?
फाइल

काठमाडौं, साउन २० : रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

कम्पनीले सार्वजनिक शेयर निष्काशन गरेको तीन महिनापछि सोमबार दोस्रो बजारमा शेयर सूचीकरण गर्ने भएको हो। योसँगै मंगलबारदेखि कारोबार सुरु हुनेछ।

लगानीकर्ताले बिहान साढे १० बजेदेखि पौने एघार बजेसम्म पहिलो कारोबार गर्न पाउने छन्। यो सेसनमा कारोबार भएपछि मात्रै ११ बजेको नियमित सेसनमा शेयर कारोबार हुनेछ।

पहिलो कारोबार लागि रसुवागढी हाइड्रो पावर कम्पनीले ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ३२ पैसासम्मको ‘रेन्ज’ पाएको छ। साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसादेखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ।

रसुवागढीले वैशाख ६ गतदेखि १२ गतेसम्म सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता सेयर निष्काशन गरेर वैशाख १९ गते बाँडफाँड गरेको थियो। 

त्यस्तै, सान्जेनले पनि सोही अवधिमा ४९ लाख ८२ हजार कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरेको थियो।  चिलिमे जलविद्युत कम्पनीले प्रवद्र्धन गरेको दुवै आयोजनाको निर्माण कार्य भइरहेको छ। 
 

प्रकाशित मिति: १८:४० बजे, सोमबार, साउन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्