५० हजार रुपैयाँ मूल्यबराबरकाे पटाका बरामद
कपिलवस्तु, असोज २२ : प्रहरीले कपिलवस्तुमा ५० हजार रुपैयाँ मूल्यबराबरकाे विभिन्न पटाका बरामद गरेको छ। यशोधरा गाउँपालिका–४ मा युपी ५५ डी ७८६५ नम्बरको मोटरसाइकलमा भारतबाट...
कपिलवस्तु, असोज २२ : प्रहरीले कपिलवस्तुमा ५० हजार रुपैयाँ मूल्यबराबरकाे विभिन्न पटाका बरामद गरेको छ।
यशोधरा गाउँपालिका–४ मा युपी ५५ डी ७८६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ अवैध रुपामा ल्याउँदै गरेको अवस्थामा बिहीबार राति प्रहरीले पटाका बरामद गरेको हो।
मोटरसाइकलमा पटाका ल्याउँदै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी खटिएको र प्रहरी देख्नासाथ मोटरसाइकल र पटाका छाडेर उनीहरू फरार भएको प्रहरीले जनाएको छ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)