Kathmandu Press

कोरोना व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट

कोरोना व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट

जुम्ला, असोज २२ : जुम्लाका आठ स्थानीय तहमध्ये  कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ। स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। 

उनले भने, ‘समीक्षामा वर्षभरि गरिएका स्वास्थ्य क्षेत्रको कामको प्रगति, समस्या र चुनौतीका विषयमा छलफल गरिएको छ। सङ्क्रमण व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिकाले सङ्क्रमण परीक्षणदेखि खोप सञ्चालन, क्वारेन्टिन व्यवस्थापनलगायत विषयवस्तुमा चुस्तदुरुस्त काम गरेको छ ।’

Hardik ivf

यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिए। जिल्लाभर महामारीमा सबै स्थानीय तहले उत्कृष्ट सेवा प्रदान गरेको जनाइएको छ।  तिल र तातोपानी गाउँपालिकालाई पनि सम्मान गरिएको छ। 

महामारीमा स्थानीय तहले महत्वपूर्ण स्वास्थ्य सेवा प्रवाह गरेकोे गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। समीक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडीआइ नेपालले गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्