Kathmandu Press

डुबेर युवकको मृत्यु

तुलसीपुर, असोज २२ : पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर...
डुबेर युवकको मृत्यु

तुलसीपुर, असोज २२ : पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो। 

आज बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा बिहान ८ः३० बजे मृतावस्थामा फेला परेका थिए। प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ। 
 

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्