एकीकृत समाजवादीबाट खतिवडा स्वास्थ्य, झाँक्री सहरी विकास, आले पर्यटन र श्रेष्ठ श्रम मन्त्री
नेकपा एकीकृत समाजवादीबाट सरकारमा पार्टीको नेतृत्व सांसद विरोध खतिवडाले गर्ने भएका छन् ।
काठमाडौं, असोज २२ : नेकपा एकीकृत समाजवादीबाट सरकारमा पार्टीको नेतृत्व सांसद विरोध खतिवडाले गर्ने भएका छन् ।
खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइने भएको छ । यस्तै, रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्रालय तोकिएको छ ।
प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् भने किसान श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मा किसान श्रेष्ठले पाउने भएका छन् ।
प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











