Kathmandu Press

विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

जेनेभा, असोज २२ : विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। विश्व...
विश्व स्वास्थ्य संगठनद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

जेनेभा, असोज २२ : विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२  को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार सार्वजनिक गरेको हो। 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । उनले विश्वका कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन्। 

उहाँले बाच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गर्नुभएको छ । 
 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्