Kathmandu Press

जिल्ला अधिवेशन नसकिएपछि राप्रपाकाे महाधिवेशन सर्ने निश्चित

नुवाकोट, असोज २२ : जिल्ला तहको अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गतेका लागि तय भएको महाधिवेशन सर्ने भएको छ।राप्रपाले...
जिल्ला अधिवेशन नसकिएपछि राप्रपाकाे महाधिवेशन सर्ने निश्चित

नुवाकोट, असोज २२ : जिल्ला तहको अधिवेशन नसकिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी कात्तिक २७ गतेका लागि तय भएको महाधिवेशन सर्ने भएको छ।

राप्रपाले असोज २० गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाए पनि २५ जिल्लाको अधिवेशन हुन बाँकी रहेको सो पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। ५२ जिल्लाको अधिवेशन भने सम्पन्न भइसकेको छ।

सो समितिका अनुसार अधिवेशन हुन जिल्लाको विषयमा तीनैजना अध्यक्ष बसेर चाँडै निर्णय लिनेछन्। त्यसका लागि भालि (शनिबार) अध्यक्ष कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाबीच बैठक बस्ने बताइएको छ।

बाँकी २५ जिल्लामध्ये ७ जिल्लामा देखिएको केही विवाद पनि चाँडै समाधान हुने निर्वाचन समितिले बताएको छ। १८ जिल्लामा पनि चाँडै सहमति जुटाएर अधिवेशन सम्पन्न गर्ने प्रयास गरिने राप्रपाका एक नेताले बताए।

राप्रपाले सबै जिल्लाको अधिवेशन असोज २० र सक्रिय सदस्यता वितरण २५ गतेसम्म सिध्याउने भने पनि सो समयभित्र काम पूरा नभएकाले महाधिवेशन मिति प्रभावित हुने निश्चित भएकाे उनले जानकारी दिए।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्