Kathmandu Press

मालीमा भएको आतंककारी हमलामा कम्तीमा १६ जना सैनिकको मृत्यु

मालीमा भएको आतंककारी हमलामा कम्तीमा १६ जना सैनिकको मृत्यु

बामाको, असोज २२ : मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन्।

मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो। मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थि । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ। 

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए। बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो। 

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो। यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ।
 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्