यी हुन् कांग्रेसका नयाँ मन्त्री : रक्षामा मिनेन्द्र, कानूनमा दिलेन्द्र,महिलामा उमा र खानेपानीमा उमाकान्त
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।
काठमाडौं, असोज २२ : कांग्रेसले आफ्नोतर्फबाट मन्त्री हुने सांसदहरूको नाम टुंगो लगाएको छ ।
मन्त्री हुनेहरूमा रक्षामा डा. मिनेन्द्र रिजाल, कानून, न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडु, महिला तथा बालबालिकामा उमा रेग्मी र खानेपानीमा उमाकान्त चौधरी छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।
यसअघि कांग्रेसबाट बालकृष्ण खाण गृह र डा. नारायण खड्का परराष्ट्र तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार