Kathmandu Press

नाइजेरियामा बन्दुकधारीद्वारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

अबुजा, असोज २२ : नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन्। उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार...
नाइजेरियामा बन्दुकधारीद्वारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

अबुजा, असोज २२ : नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन्। उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन्। 

नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो। उक्त गाउँमा बुधबार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन्। 

उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन्। उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन्। 

घाइतेहरुलाई अस्पताल पुर्‍याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन्। 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्