जसपाबाट मन्त्री बन्ने चार नेताको नाम टुंगियो, रेणु, रामसहाय, प्रमोद र राजेन्द्र मन्त्री बन्दै
केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तिया रायीका अनुसार रेणुयादव, रामसहाय यादव, प्रमोद साह र राजेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको हो ।
काठमाडौं, असोज २२ : जसपाबाट मन्त्री बन्ने चारजना नेताको नाम टुंगिएको छ ।
केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक रायीका अनुसार रेणुयादव, रामसहाय यादव, प्रमोद साह र राजेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरूको नाम टुंगो लगाएको रायीले जनाएका छन् । उनका अनुसार रेणु, रामसहाय र प्रमोदलाई प्रदेश–२ को कोटामा मन्त्री बनाइएको हो ।
यस्तै, श्रेष्ठलाई प्रदेश-२ बाहिरको कोटामा मन्त्री बनाउने निर्णय भएको हो ।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











