Kathmandu Press

प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २२ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन बिहीबार प्रतितोला...
प्रतितोला दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २२ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन बिहीबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५०मा कारोबार भएको छ  जुन बिहीबार प्रतितोला रु ८९ हजार ९५० मा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ। चाँदी बिहीबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।
 

प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, असोज २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्