प्रधानमन्त्री देउवाले भेटे राष्ट्रपति भण्डारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल
काठमाडौं, असोज २२ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर भेट गरेका छन्।आज (शुक्रबार) बिहान ११ बजेतिर प्रधानमन्त्रीलाई देउवा राष्ट्रपति भण्डारीलाई...
काठमाडौं, असोज २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर भेट गरेका छन्।
आज (शुक्रबार) बिहान ११ बजेतिर प्रधानमन्त्रीलाई देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। देउवा केहीबेर छलफल गरेर बाहिरएका थिए। सो भेटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आजै मन्त्रिपरिषद विस्तार भएर अपराह्न ४ बजेतिर पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।
सत्तारुढ गठबन्धनबीच बिहीबार भएको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आज मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











