Kathmandu Press

नयाँ बानेश्वरमा खुल्यो माइती क्याफे

काठमाडौं, साउन २० : काठमाडौंको नयाँ बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा ल्याइएको छ।

वैदेशिक रोजगारीबाट स्वदेशमै केही गर्ने सोचका साथ ....

नयाँ बानेश्वरमा खुल्यो माइती क्याफे

काठमाडौं, साउन २० : काठमाडौंको नयाँ बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा ल्याइएको छ।

वैदेशिक रोजगारीबाट स्वदेशमै केही गर्ने सोचका साथ फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले सोमबारदेखि क्याफे सञ्चालनमा ल्याएको हो।

बेचबिखनमा परेका युवतीहरुलाई रोजगारी दिने उद्देश्यका साथ माइती क्याफे सञ्चालनमा ल्याइएको क्याफे सञ्चालक समिर पन्थीले बताए।

उनका अनुसार क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम माइती नेपाललाई दिइने छ। यस्तै, मुनाफाको बाँकी ४९ प्रतिशत रकम क्याफे व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने छ। 

क्याफेमा माइती नेपालमा आश्रित महिलाहरुलाई रोजगारी दिइएको छ। देशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ अमेरिकाबाट स्वदेश फर्किएका पन्थी सामाजिक अभियान र व्यवसायिक काममा लागेका छन्। उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविर शम्शेर राणा र मनिष कोइरालाले साथ दिएका छन्। 
 

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, साउन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्