आज मन्त्रिपरिषद् विस्तार हुँदै, अपराह्न शपथ
आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ। बिहान मन्त्रिपरिषद् विस्तार गरेर अपराह्न शपथ ग्रहणको कार्यक्रम रहेको छ।
काठमाडौं, असोज २२ : आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ। बिहान मन्त्रिपरिषद् विस्तार गरेर अपराह्न शपथ ग्रहणको कार्यक्रम रहेको छ।
सत्तारुढ गठबन्धनबीच बिहीबार भएको सहमति अनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट आज मन्त्री नियुक्त गर्न लागेका हुन्।
सबै दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लगाइसकेका छन्। माओवादीले बुधबार नै मन्त्रीको टुंगो लगाएको थियो। अन्य दलले पनि नाम टुंगो लगाएको भए पनि गोप्य राखेका छन्।
सत्तारुढ गठबन्धन दलका नेताहरुले मन्त्रीको नाम दिए लगत्तै आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको छ। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तय गरिएको छ।











