Kathmandu Press

प्रदेश १ मा १२६ जनामा कोरोना सङ्क्रमण

विराटनगर, असोज २१ : पछिल्लो समयमा  प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा देखिएको छ। विगत २४ घण्टामा ५१९ जनाको पीसीआर...
प्रदेश १ मा १२६ जनामा कोरोना सङ्क्रमण
Hardik ivf

विराटनगर, असोज २१ : पछिल्लो समयमा  प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा देखिएको छ। विगत २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ गरी कूल १२६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा पाँच, इलाममा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै १४४ जना महिलासहित २६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २१:०२ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्