Kathmandu Press

नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

कानो, असोज २१ : बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ।बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी...
नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

कानो, असोज २१ : बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ।

बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन्। 

उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा ठूलो सङ्ख्यामा आक्रमण गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएका छन्।  

सरकारी सैनिकले गतहप्ता त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूले आक्रमणलाई निरन्तरता दिएका छन्।

बिहीबार मोटरसाइकलमा आएका सयौँ आक्रमणकारीहरूले देशको कात्सीना र जाम्फारा क्षेत्रमा आक्रमण गरेको जनाइएको छ।  

उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घरबार जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २०:५६ बजे, बिहीबार, असोज २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्