Kathmandu Press

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो, असोज २१ : जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ। जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ। भूकम्पको केन्द्र विन्दु देशको...
जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

टोकियो, असोज २१ : जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ। 

जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ। भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ। 

स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन्। उनीहरू केही बेर त्रसितसमेत भएका थिए। 

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन। 

भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्