Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, असोज २१ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...
सुदूरपश्चिम प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

सुदूरपश्चिम, असोज २१ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र जिल्ला अस्पताल बैतडीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो।  

गएको २४ घण्टामा प्रदेशभर १५ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि बुधबार यस प्रदेशमा २३ जनामा सङ्क्रमणको पुष्टि हुँदा २५ जना निको भएका छन्।  

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्