Kathmandu Press

खोलामा डुबेर मृत्यु 

काठमाडौं, असोज २१ : मकवानपुर गढी गाउँपालिका ६ सरङकोटका पंच बहादुर बिककी छोरी १३ वर्षीया मिना बिकको खोलामा डुबेर मृत्यु भएको छ। सोही ठाउँस्थित...
खोलामा डुबेर मृत्यु 

काठमाडौं, असोज २१ : मकवानपुर गढी गाउँपालिका ६ सरङकोटका पंच बहादुर बिककी छोरी १३ वर्षीया मिना बिकको खोलामा डुबेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित सामरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो। 

कञ्चनपुर, बेदकोट नगरपालिका २ जडेपानी बस्ने गजेन्द्र धामीकी छोरी २ वर्षीया राधीका धामीको घर नजिकैको बोरिङको पानी ट्याङकीमा डुबेर बुधबार राति मृत्यु भएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्