Kathmandu Press

सम्झौता कार्यान्वयन नभए अनसन बस्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा आयोगलाई शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा भताभंग पार्न खोजिएको भन्दै डा. केसीले आज एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन्।
सम्झौता कार्यान्वयन नभए अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, असोज २१ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै कुनै पनि बेला अनसन बस्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा आयोगलाई शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा भताभंग पार्न खोजिएको भन्दै डा. केसीले आज एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन्। केही समयअगाडि डा. केसीले सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि स्थगित गरेका थिए। तर, ती प्रतिवद्धता कार्यान्वयन नभएको उनको गुनासो उनले गरेका छन्।

उनले पाँच बुँदे माग अघि सार्दै ती माग पुरा नभए जुनसुकै बेला अनसन सुरु गर्ने चेतावनी दिएका छन्। मागपत्रको पहिलो बुँदामा भनिएका छ, ‘राज्यको नीति निर्माणमा आरजु देउवालगायतका शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप तत्काल रोकियोस्। माफियाहरूको स्वार्थपुर्तिका लागि कार्तिक २५ गते बोलाउन लागिएको चिकित्सा शिक्षा आयोगको बैठक रद्द गरियोस्।

पार्टी कार्यकर्ता तथा माफियाका प्रतिनिधि खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस्। नर्सिङ लगायतका विषय पढाउने कलेजहरूबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरू अक्षरसः कार्यान्वयन गरियोस्।’

प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ, नर्सिङ लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरूका लागि आकस्मिक रुपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्