बेवारिसे अवस्थामा रहेको पटाका बरामद

नवलपरासी(पूर्व), असोज २१ : नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका १ दुम्कीबास बजारबाट बुलेट बम पटाका १ हजार ५ सय पिस र सानोखाले नागिन पटाका ९ हजार ८ सय पिस बुधबार साँझ प्रहरीले बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले लु.१ ख ९८०८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)