Kathmandu Press

दोहामा दोस्रो पटक नेपथ्यको प्रस्तुति 

काठमाडौं, साउन २० : कतारको दोहामा आफूलाई दोस्रो पटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य कतार जाने भएको छ।

इस्लाम धर्मावलम्बीहरुको चाड &l....

दोहामा दोस्रो पटक नेपथ्यको प्रस्तुति 

काठमाडौं, साउन २० : कतारको दोहामा आफूलाई दोस्रो पटक प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य कतार जाने भएको छ।

इस्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’ को सार्वजनिक बिदाका समय त्यहाँ बसोबास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोशेली लिएर ब्याण्ड दोहा जान लागेको हो। नेपथ्यले साउन २७ बेलुकी सात बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफूलाई प्रस्तुत गर्नेछ।

Hardik ivf

दुई दशक अघिसम्म पनि कमै नेपालीले नाम सुनेको यो मुलुक यतिबेला हाम्रो समाजका लगभग प्रत्येकजस्तो घरसँग जोडिएको छ। परिवारकै सदस्य नभए पनि कुनै न कुनै आफन्त रोजगारीका लागि यस खाडी राष्ट्रमा नपुगेको कमै नेपाली भेटिन्छन्। असाध्यै तातो हावा चल्ने यस स्थानमा मेहनत गरेर कमाइको पैसा स्वदेश पठाउने परिश्रमी युवाहरुको रेमिट्यान्सले नै यतिबेला हाम्रो मुलुकको अर्थतन्त्र थेगेको छ। आकार र जनसंख्यामा नेपालभन्दा असाध्यै सानो यस मुलुकमै यत्रतत्र भेटिने गरी उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ।

यसरी मजदुरी गर्नका निम्ति विदेशीएका नेपाली दाजुभाइको भोगाइमै आधारित रहेर नेपथ्यले केही वर्षअघि ‘मै मरि जाउँला, जीवन छोट्टो छ’ बोलको गीतमा म्यूजिक भिडियो बनाएको थियो। त्यो भिडियो परदेशमा रहेका तन्नेरीले आफ्नी श्रीमतीसँग गरेको संवादका रुपमा ‘कमिक एनिमेसन’को प्रयोगबाट तयार पारिएको थियो। सन् २००८ मा सार्वजनिक भएको यस गीतलाई दुई वर्षअघि म्यूजिक भिडियो बनाएर युट्युबमा राखिएपछि अत्यधिक मन पराइएको छ।

अघिल्लोपटक नेपथ्य पहिलो प्रस्तुतिका निम्ति दोहा पुग्दा त्यहाँको स्थानीय अवस्था र चालचलनबारे अनभिज्ञताकै कारण पनि कतिपय मुश्किलको सामना गर्नु परेको ब्याण्डको अनुभव छ। कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन्। आयोजकले टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन्।

‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सधैंजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनौट गरेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं।’

सधैंजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्। 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्