Kathmandu Press

काठमाडौं महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलो डोज खोप दिने

काठमाडौं, असोज २१ : काठमाडौं महानगरपालिकाले भोलि (शुक्रवार) कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।भोलि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका...
काठमाडौं महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलो डोज खोप दिने
फाइल तस्बिर

काठमाडौं, असोज २१ : काठमाडौं महानगरपालिकाले भोलि (शुक्रवार) कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।

भोलि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्