कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण
काठमाडौं, असोज २१ : कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ।केही दिनदेखि बिरामी भई घरमै आराम गरिरहेका उनले आज (बिहीबार) बिहान काठमाडौंको...
काठमाडौं, असोज २१ : कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण भएको छ।
केही दिनदेखि बिरामी भई घरमै आराम गरिरहेका उनले आज (बिहीबार) बिहान काठमाडौंको बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा कोरोना परीक्षण गराएका थिए। सोही क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य अवस्था चिन्ताजनक नभए पनि पौडेललाई सोही अस्पतालमा भर्ना गरिएको बताइएको छ।
प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











