Kathmandu Press

कर्जा तथा ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी दिने सरल बैंकिङ सेवा सञ्चालनमा  

काठमाडौं, असोज १५ : निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी सरल रुपमा प्रदान गर्ने उद्देश्यका साथ सरल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ।बैंक तथा वित्तीय...
कर्जा तथा ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी दिने सरल बैंकिङ सेवा सञ्चालनमा  

काठमाडौं, असोज १५ : निक्षेप तथा कर्जाको ब्याजदरसम्बन्धी सम्पूर्ण जानकारी सरल रुपमा प्रदान गर्ने उद्देश्यका साथ सरल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेप तथा प्रदान गर्ने कर्जाको ब्याजदर, ब्याजदरको तुलना र अनलाइन बैकिङसम्बन्धी सम्पूर्ण जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले सरल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो।

यसलाई घटस्थानाको दिनदेखि सञ्चालन गरिने कम्पनीले जनाएको छ। सरल बैंकिङ सेवामा बैंक तथा वित्तिय संस्थाहरुले प्रदान गर्ने घर, गाडी, शैक्षिक कर्जा इत्यादिको ब्याजदर र सेवा शुल्कबारे जानकारी दिइएको छ भने आफैंले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने ब्याजदरबीच तुलना गर्न सकिनेछ।

साथै यसबाटै कर्जाको लागि आवश्यक योग्यता मापन र कर्जाको मासिक किस्ता रकम (इएमआई) आफैंले मापन गरेर हेर्न सकिनेछ। सरल बैंकिङ सेवामा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्डबारे समेत सम्पूर्ण जानकारीसमेत दिइएको छ। 

‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने निक्षेप तथा कर्जासम्बन्धी सानोभन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंकहरु धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौ,’ सरल बैंकिङ सेवाका प्रवन्ध निर्देशक सुनिस कुमार लाखेले भने, ‘सरल बैकिङ सेवा सञ्चालनमा आएसँगै यसले नामअनुसार ग्राहकहरुलाई सरल तरीकाबाट थप सेवाहरु प्रदान गर्नेछ।’

विशेषगरी अबको केही समयमा सरल बैकिंङ सेवामा आबद्ध हुन चाहने सेवाग्राहीले सरल बैंकिङ सेवा डटकममा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तिय संस्थाहरुमार्फत सजिलै खाता खोल्न तथा कर्जा आवेदन दिन सक्नेछन्। 

त्यस्तै, एकै ठाउँमा बसेर सम्पूर्ण बैंकहरुको ब्याजदर तथा सेवा सुविधासम्बन्धी जानकारी तथा तुलना पनि गर्न सक्ने प्रवन्ध निर्देशक लाखेले जानकारी दिएका छन्।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, असोज २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्