Kathmandu Press

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

बागमती, असोज २१ : दसैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको...
चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

बागमती, असोज २१ : दसैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा  अनुगमन समितिले  यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो।

समितिले हेटौंडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५ खाद्यान्न तथा किराना पसल, होटल, रेस्टुरेन्ट र औषधि पसलको अनुगमन गरेको जनाएको छ।

तीमध्ये ५७ खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा खरिद बिल पेस नगरेको एक पसललाई रु. १५ हजार जरिवाना गरेको बताइएको छ।

अन्य पसललाई प्रस्ट रूपमा देख्ने गरी मूल्यसूची राख्न साथै ग्राहकलाई बिल दिन र भिडभाड नगरी कोरोनाबाट सुरक्षित रहन मापदण्ड पालना गर्न सुझाव समितिले दिएको थियो।

त्यसैगरी अनुगमनका क्रममा हेटौंडाको स्कुलरोडमा रहेको तीनवटा फैन्सी स्टोरलाई खाता आद्यावधिक नगरेको पाइएकाले रु. २५ हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकरी अर्यालले जानकारी दिए।

समितिले दुई पसललाई जनही रु पाँच हजार र एउटा पसललाई रु १५ हजार जरिवाना गरिएको उनले बताए।

यसअघि अनुगमन समितिले हेटौंडा-१० सिथत गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्री गरेकाले कारबाही गरेको थियो। सो समितिमा उपभोक्तावादी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो।

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्