Kathmandu Press

सुक्खा पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, असोज २१ : गल्छी गाउँपालिका-७ स्थित गल्छीमा बुधबार रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो...
सुक्खा पहिराेले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, असोज २१ : गल्छी गाउँपालिका-७ स्थित गल्छीमा बुधबार रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए।

यातायात अवरुद्ध हुँदा दसैंका लागि घर हिँडेका यात्रुले सास्ती बेहोर्नुपरेको छ। यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ।

यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ। सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो।

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्